Aamsanchar

मोरङको सुनवर्षीबाट लागुऔषधसहित दुई जना पक्राउ

Author Image
शुक्रवार, असार ३१, २०७९

मोरङ- मोरङको सुनवर्षी नगरपालिका ८ नेपाल चौक छेउबाट लागुऔषध सहित दुई जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ५ का २१ बर्षीय विष्णु रिषिदेव र २० बर्षीय अभिषेक रिषिदेव रहेका छन् ।

हिजो राती साढे ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार रहेका उनिहरुलाई लागुऔषध नाइट्राजेपाम-१० – १५ ट्याब्लेट र ट्रामाडोल नामक नियन्त्रित औषधी १५० क्यापसुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर