Aamsanchar

बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा

Author Image
शनिवार, असार ३२, २०७९

काठमाडौं- बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति रोथर्हामस्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २–१ अन्तरले पराजित गर्दै फ्रान्स समूह ‘डी’ को विजेता रूपमा अन्तिम आठौं स्थान बनाउन सफल भएको हो । अघिल्लो खेलमा इटालीलाई ५–१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

खेलमा अग्रता लिएका फ्रान्सका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरेकी हुन् । बेल्जियमकी कायमानले ३६औं मिनेटमा गोल गर्दा खेल १–१ को अवस्थामा बढेकाे हाे । तर, पहिलो हाफ सकिन ४ मिनेट अघि एमबोक बाथीले गोल गरेपछि फ्रान्स विजयी भएकाे हाे ।

समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक रहेकाे छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक रहेकाे छ । शुक्रबार राति नै भएको खेलमा इटाली र आइसल्यान्डले १–१ अन्तरको बराबरी खेलेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर