Aamsanchar

सडकका कारण पहिरो जाँदा बाख्रे गाउँका ८ घर जोखिममा

Author Image
शनिवार, असार ३२, २०७९

ओखलढुंगा –सडकका कारण ओखलढुंगाको मोलुङ गाउँपालिका-७ पात्लेका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ ।

अति विकट रहेको यो क्षेत्रमा सडक ट्रयाक खोलिएपछि पहिरोको जोखिम निम्तिएको हो । सडकका कारण पहिरो जाँदा बाख्रे गाउँका ८ घर जोखिममा परेका छन् । पहिरोले एक घर विस्थापित भएको छ । स्थानीय बालबालिका आधारभूत विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ ।

मोलुङ गाउँपालिकाको केन्द्र र वडा कार्यालय तालकोट जोड्ने सडकको अन्य ठाउँमा समेत पहिरोले क्षति गरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । साेही वडामा अक्करे भीरबाट सडक सञ्जाल विस्तार गर्नुपर्ने बाध्यताका कारण पहिरोको जोखिम निम्तिएको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 458

प्रतिक्रिया (०)

सम्बन्धित खबर