Aamsanchar

अपर हेवाखोलाको आईपीओ बाँडफाँट, १ लाख ३९ हजार ५०० जनाले पाए

Author Image
शनिवार, असार ३२, २०७९

काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आज बाँडफाँट भएको कम्पनीको सेयरमा आवेदन गरेका १३ लाख १३ हजार २५३ जनाको हात खाली भएको छ ।१ लाख ३९ हजार ५०० जनाले १० कित्ताका दरले आईपीओ पाउँदा उक्त आवेदकको हात खाली भएको हो । कम्पनीले असार २४ गतेदेखि २९ गतेसम्म सेयर बिक्री खुलाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित १५ लाख कित्ता आईपीओमा आवेदन खुलाइएको थियो । जसमध्ये ३० हजार कित्ता कर्मचारीलाई र सामूहिक लगानी कोषलाई ७५ हजार कित्ता सेयर छुट्याइएको थियो ।उक्त आईपीओमा १४ लाख ५५ हजार ३८४ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८११ जनाको आवेदन रद्ध भएको थियो । बाँकी १४ लाख ५२ हजार ७५३ आवेदनमध्ये १ लाख ३९ हजार ५०० जनाले सेयर पाएका सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर