Aamsanchar

गोठ भत्किँदा दाङमा दुई वर्षीया बालिकाकाे ज्यान गयाे

Author Image
शनिवार, असार ३२, २०७९

दाङ – दाङको घोराही उपमहानगरपालिका-९ मा गोठ भत्किँदा दुई वर्षीया बालिकाकाे ज्यान गएको छ।

घोराही उपमहागनरपालिका-९ मा आज बिहान माटोले बनेको गोठ भत्किँदा च्यापिएर  इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको ज्यान गएको हो।

गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियाे । उनकाे उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 442

प्रतिक्रिया (०)

सम्बन्धित खबर