Aamsanchar

मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा रहेको भन्दै लिङदेनद्वारा चिन्ता व्यक्त

Author Image
शनिवार, असार ३२, २०७९

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पछिल्लाा दिनमा सहायताका नाममा, विकासका नाममा सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताए । उनले सबै दलहरूसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन सरकारसँग आग्रह समेत गरे ।

पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुशरण गरेर अघि बढ्न सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने उनको भनाइ थियो ।

सत्तास्वार्थकै लागि दलहरूले जे पनि गर्ने गरेकाले मुलुकमा विदेशी हस्तक्षेप बढेको तर्क समेत उनले गरे ।अध्यक्ष लिङदेनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पटक–पटक दोहोर्‍याए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)