Aamsanchar

नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने

Author Image
सोमवार, साउन २, २०७९

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले फेरि गोकुलम केरेला एफसीबाट भारतीय महिला लिग खेल्ने भएकी छिन् । गोकुलमले सामाजिक सञ्जाल फेसबुकबाट सावित्रालाई नयाँ सिजनका लागि अनुबन्ध गरिएको जनाएको छ ।

सावित्राले यसअघि चौथो संस्करणको लिग गोकुलमबाट खेलेकी थिइन् । उनीसँगै अनिता बस्नेतले समेत गोकुलमबाट खेलेकी थिइन् ।

चौथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । सावित्राले त्यस सिजनमा १६ गोल गरेकी थिइन् । यो सिजन गोकुलमले उपाधि जितेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 429

प्रतिक्रिया (०)

सम्बन्धित खबर