Aamsanchar

मेची राजमार्गमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालक २० वर्षीय युवककाे मृत्यु

Author Image
सोमवार, साउन २, २०७९

झापा-झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बिर्तामोड–१ बस्ने अनुमानित २० वर्षीय सबिन विष्टको बीएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुद्धशान्ति गाउँपालिका–१ स्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र.१–०१–०१५ प३४०३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ज ३१८९ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।

सोही मोटरसाइकलको पछाडि सवार अर्जुनधारा नगरपालिका–११ बस्ने अनुमानित २० वर्षीय सन्दीप राजवंशीको बीएनसी अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीले बोलेरो गाडी, चाक इलाम नगरपालिका–५ बस्ने ३२ वर्षीय सुर्य अधिकारी र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
2
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर