Aamsanchar

रहेनन् बलिउड गायक भूपिन्दर सिंह

Author Image
मङ्गलवार, साउन ३, २०७९

एजेन्सी – बलिउडका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ ।

गायक सिंहको निधन पश्चात बलिउडका थुप्रै कलाकारहरूले शोक व्यक्त गरेका छन् । गायक सिंहको सोमबार राति निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी लामो समयदेखि धेरै रोगसँग लडिरहेका थिए । गायक सिंहले धेरै बलिउडका फिल्ममा गीत गाएका छन् । उनको निधनले बलिउड अहिले शोकमा डुबेको छ । उनको निधनमा अभिनेत्रीदेखि अभिनेतासम्म सबैले शोक व्यक्त गरेका छन् । कोही गायक सिंहसँग बिताएका पुराना दिन सम्झिरहेका छन् भने कोही उनका पुराना गीत सम्झिरहेका छन् ।

गायक सिंहलाई सबैले आ–आफ्नो शैलीमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उनको अन्तिम दाह संस्कार मंगलबार राति करिब साँढे १२ बजे मुम्बईको ओशिवरा श्मशान गृहमा गरिने भएको छ । भारतीय फिल्म जगतले यो वर्ष धेरै गायक-गायिकाहरु गुमाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर