Aamsanchar

अभिषेक यादवको अध्यक्षतमा पोखरा विश्वविद्यालय क्रकेट क्लबको चौथौ नयाँ कार्य समिति चयन

Author Image
मङ्गलवार, साउन ३, २०७९

पोखरा- पोखरा विश्वविद्यालय क्रकेट क्लबको अभिषेक यादवको अध्यक्षतमा चौथौ नयाँ कार्य समिति चयन गरेको छ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा अभिषेक यादव, उपाध्यक्षमा विज्ञान कार्की , श्रद्धा बञ्जारा ,सचिवमा जगदिश भण्डारी,सह सचिवमा संदेश श्रेष्ठ,सदस्यहरुमा लोकेन्द्र चन्द ,दीपेन्द्र शर्मा (मेस्सी), सुबाश बास्तोला, तृष्णा देवकोटा साथसाथै वोमन कोर्डिनेटरमा दीपा तिवारी , एड्भाइजरी कमिटीमा प्रशान्त भुसाल ,विकल बराल ,भुपेन्द्र भट्ट ,संदेश रेग्मी चयन गरेको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र भट्टले जानकारी दिए।

” पोखरा विश्विद्यालयको क्रिकेट क्लव लाई आफ्नो कार्यकालमा थप उचाइ दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता र आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डर सहित पोखरा विश्वविद्यालयमा क्रिकेट लाई उजागर गर्ने जानकारी “पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निर्वाचित अध्यक्ष अभिषेक यादव ले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर