Aamsanchar

काठमाडौंको जोरपाटीमा ‘मिथेन ग्यास’ निस्किएको पुष्टि, के मा प्रयोग हुन्छ ?

Author Image
मङ्गलवार, साउन ३, २०७९

काठमाडौं – काठमाडौंको जोरपाटी चोकनजिक लेदो माटोसहितको पानीको फोहोरा मिथेन ग्यास भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो ।

विभागअन्तर्गत ग्यास शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार काठमाडौंको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्यास जम्मा भएर बसेको हुन्छ । “त्यसपछि कसैले त्यो ठाउँमा पानीको लागि डिलिङ गर्दा त्यस्तो फोहोरा निस्किन्छ । सानो प्वालबाट एकैपल्ट हाइप्रेसरमा बाहिर निस्किदा धेरै माथिसम्म निस्किने देखिन्छ । जोरपाटीमा पनि त्यही भएको हो,” श्रेष्ठले भने ।

विभागका अनुसार काठमाडौं उपत्यकामा निस्किने सबैतिरको ग्यास मिथेन ग्यास नै हो । प्रहरीका अनुसार अहिले पनि फोहोरा निस्किन रोकिएको छैन । जमिनमुनि कति ग्यास सञ्चित भएको छ भन्नेमा भर पर्ने उनले बताए ।

“मिथेन ग्यास कति बेला रोकिन्छ भनेर भन्न सकिँदैन । जमिनभित्रको ग्यास नसकुञ्जेलसम्म आइरहन्छ । सकिएपछि आफैँ बन्द हुन्छ । ग्यास निस्किरहेको बेलामा बन्द गर्ने उपाय केही पनि हुँदैन । बन्द गर्न खोज्नु पनि जोखिम हुन्छ,” उनले भने ।

मिथेन ग्यासलाई खाना पकाउने काममा प्रयोग गर्न सकिने प्रमुख श्रेष्ठले बताए । टेकुमा सरकारी कार्यालय, तरकारी पसलहरूमा वितरण भइरहेको विभागले जनाएको छ ।

आज बिहान करिब १० बजेदेखि फोहोर निस्किन सुरु भएको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्तबाट डीएसपी ढुण्डीराज न्यौपानेको टोली त्यहाँ पुगेको थियो ।

फोहोरा घरभन्दा माथि निस्किँदा घरहरूमा हिलो छ्यापिएको छ । अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)