Aamsanchar

दिउँसो पहाडी भूभागका धेरै स्थानमा भारी वर्षाको सम्भावना

Author Image
शुक्रवार, साउन ६, २०७९

काठमाडौं । हाल देशभर बदली रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र प्रदेश १ का एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार पनि पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्छ ।
सोही राति गण्डकी, बागमती र प्रदेश १ मा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर