Aamsanchar

‘श्री माग्ने राजा’मा मलिना र बेनिशा अनुबन्धित

Author Image
शुक्रवार, साउन ६, २०७९

काठमाडौँ । चुपचाप फ्लोरमा गएको दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माण रहने फिल्म ‘श्री माग्ने राजा’ले हिरोइनको रुपमा पूर्व मिस नेपाल मलिना जोशी र अभिनेत्री बेनिशा हमाललाई अनुबन्ध गरेको छ । औपचारिक घोषणाविना नै फ्लोरमा गएको फिल्मको नामसमेत निर्माण टिमले गोप्य राखेको थियो ।

‘छक्का पञ्जा ४’ राख्ने वा ‘श्री माग्ने राजा’ राख्ने दोधारबीच निर्माण टिमले ‘श्री माग्ने राजा’को नाममा फिल्मको काम अगाडि बढाएको हो । फिल्म सम्बद्ध स्रोतका अनुसार फिल्ममा बेनिशा हमालले दीपकराज गिरीको जोडीको रुपमा अभिनय गर्नेछिन् ।

बेनिशाले लामो समयपछि अभिनय गरेको ‘प्रेमगन्ज’ प्रदर्शनको तयारीमा रहेको छ । मलिना जोशी पनि रानी पछि लगभग फिल्मविहीन थिइन् । फिल्मभित्र उनको भूमिका भने सार्वजनिक भइसकेको छैन ।

यो फिल्ममा दीपाश्री निरौला पनि कलाकारको भूमिकामा रहनेछिन् । यसअघिका फिल्ममा केही दृश्यमा देखिने गरे पनि दीपाश्रीले निर्देशनको जिम्मेवारी निर्वाह गर्ने गरेकी थिइन् । फिल्ममा केदार घिमिरे र निर्मल शर्मा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । यो फिल्मलाई हेमराज बिसीले निर्देशन गर्दैछन् । यो फिल्म दसैँ लगत्तै प्रदर्शनमा आउने चर्चा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 383

प्रतिक्रिया (०)

सम्बन्धित खबर