Aamsanchar

झापामा सिटी रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

Author Image
शुक्रवार, साउन ६, २०७९

झापा – झापामा सिटी रिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

जिल्लाको कमल गाउँपालिकाका-६ गुवाबारीस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ह २४२३ नम्बरको सिटी रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको को ३८ प १२८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक कमल-६ निवासी २४ वर्षीय रोशन कोइराला, सोही मोटरसाइकल पछाडि सवार कमल- ४ निवासी १९ वर्षीय रेवत सुबेदी, कमल-७ निवासी २१ वर्षीय भविन मगर र सिटी सफारीमा सवार कमल-५ निवासी ६५ वर्षीया सुकमाया माझी घाइते भएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

घाइते भएका मोटरसाइकल चालक कोइरालाको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको उनले बताए।

घाइतेमध्ये सुबेदीको न्युरो अस्पताल विराटनगर, मगरको बिएण्डसी अस्पताल र माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ।

यता इलाका प्रहरी कार्यालय दमकले सिटी चालक कमल- ६ निवासी ५२ वर्षीय दिलमान माझीसहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर