Aamsanchar

लागुऔषधसहित एकै घरका ३ जना पक्राउ

Author Image
आइतवार, साउन ८, २०७९

लागुऔषधसहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् । सिन्धुली दुधौली १० बस्ने श्रीमान प्रदिप सेन्चुरी, श्रीमती दिलमाया भुजेल र प्रदिपका आफन्त २२ वर्षिय विशाल सेन्चुरी पक्राउ परेका हुन् ।

आज अपरान्ह औरही कठुधारास्थित खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट -१० लेखिएको ९९ पिससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीको अनुसार तिनै जना बर्दिबास९सम्सी सडक खण्डमा पैदल हिँड्दै गर्दा शंकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो । पक्राउ परेका उनीहरु अहिले इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा छन् । उनीहरुलाई जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
5
+1
1
+1
1
+1
2
+1
2
+1
2
Views: 9519

प्रतिक्रिया (०)