Aamsanchar

शिवलिङ्गमा जल चढाएर फोटो पठाउन उत्तराखण्डकी मन्त्रीद्वारा आदेश

Author Image
सोमवार, साउन ९, २०७९

भारतको उत्तराखण्डकी महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्य हिजोआज उनको अनौठो आदेश र बयानका कारण चर्चामा छिन् । पछिल्लो घटनामा उनले आफ्नो मन्त्रालयका सबै कर्मचारी, अधिकारीहरूलाई शिवलिङ्गमा जल चढाउन आदेश दिएकी छन् ।

यस आदेशप्रति विपक्षी कंग्रेसले आलोचना गरेको छ भने कैयौं कर्मचारी असहज बनेका छन् । यसअघि आर्यको मन्त्रालयले बरेलीस्थित उनको निजी निवासमा हुने धार्मिक कार्यक्रममा सहभागी हुन अधिकारीलाई निर्देशन दिँदा विवाद उत्पन्न भएको थियो । विरोधमा प्रतिक्रिया दिने क्रममा मन्त्रीले आफूले कसैको कन्चटमा बन्दुक राखेर आउन नभनेको बताएकी थिइन् ।

रेखा आर्यको भनाइप्रति त्यसबेला कांग्रेस प्रवक्ता गरिमा मेहरा दसोनीले ‘मन्त्री भएर गुण्डाहरूको भाषा प्रयोग गरेको’ भनेर विरोध जनाएकी थिइन् । शिवलिङ्गमा जल चढाएको फोटोहरू पठाउनु पर्ने महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्यले जुलाई २० मा आयोजित पत्रकार सम्मेलनमा लैङ्गिक असमानताविरुद्ध हरिद्वारको पैडीबाट कन्वर यात्रा निकाल्ने घोषणा गरेकी थिइन् । हाल चर्चामा रहेको आदेश उनले सोही दिन दिएकी थिइन् ।

आदेशमा भनिएको छ,‘संकल्प पूरा गर्न जुलाई २६ मा महिला तथा बाल विकास विभागका सबै जिल्लाका अधिकारी÷कर्मचारी, आंगनवाडी, मिनी आङ्गनवाडी कार्यकर्ता, सहयोगीले आफ्नो नजिकैको शिवालयमा गएर जलाभिषेक गरी यस पवित्र संकल्प । यस अभियानलाई अगाडि बढाउने, विभागीय इमेल आइडीसहित सबै जिल्ला अधिकारीको व्हाट्सएपमा कार्यक्रमसँग सम्बन्धित फोटो पठाएर विभागको संकल्प पूरा गर्नुपर्नेछ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 435

प्रतिक्रिया (०)

सम्बन्धित खबर