Aamsanchar

जिल्ला समन्वय समिति झापाका नव निर्वाचित पदाधिकारीलाई संवाद समूहद्वारा बधाई तथा सम्मान 

Author Image
बिहिवार, साउन १२, २०७९

बिर्तामोड । जिल्ला समन्वय समिति झापाको नव निर्वाचित कार्यसमिति पदाधिकारी र सदस्यहरूलाई संवाद समूह झापाले बधाई तथा सम्मान गरेको छ ।

आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच  जिल्ला समन्वय समिति प्रमुख विश्व बराल, उपप्रमुख शान्ता रोक्का त्यसैगरी सदस्यहरू रिता नेपाली, देवका बस्याल, जलाल अली, जुनु नेपाली (महरा), कपिलमणि काफ्ले, तुलसा काफ्ले बराल, सन्तोष सोरेन लाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले सम्मानपत्रद्वारा सम्मान गरेका थिए । उपप्रमुख शान्ता रोक्काको भने उपस्थिति रहेको थिएन । उनको सम्मान पत्र प्रमुख बरालले ग्रहण गरेका थिए ।

कार्यक्रममा संवाद समूहको तर्फबाट एकराज गिरी, अर्जुन राजवंशी, लिलाराज नेपाल, लिला सिवाकोटी कमला भट्टराई, टिका खतिवडाले बधाई ज्ञापन गरेका थिए ।           

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर