Aamsanchar

एकै दिन ७ सय १० जनामा काेराेना पुष्टि, २ जनाकाे ज्यान गयाे

Author Image
बिहिवार, साउन १२, २०७९

काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट थप दुई जना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा काेराेनाका कारण दुई जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार २५ जनाको नमुना परीक्षण गर्दा सात १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका सात सय १० जनासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ३६ जना पुगेको छ । यही अवधिमा दुई सय १५ जना सङ्क्रमित निको भएका छन् ।

२४ घण्टामा ५९ हजार चार सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर