Aamsanchar

अफ्रिकामा अतिदुर्लभ हीरा फेला 

Author Image
शुक्रवार, साउन १३, २०७९

मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हीरा फेला परेको छ।

चौतीस ग्राम तौल रहेको यो हीरा विगत ३०० वर्षमा भेटिएको त्यस खालको सबैभन्दा ठूलो हीरा भएको बताइएको छ। लुलोस्थित खानीमा फेला परेको १७० क्यारटको यो हीरालाई “लुलो रोज“ नाम दिइएको छ।

यसअघि १८५ क्यारटको “दरिया–ए–नूर“ फेला परेको थियो। त्यसपछि भेटिएको यो नै सबैभन्दा ठूलो हीरा भएको ठानिएको छ। दरिया–ए–नूर एउटा ठूलो पत्थरबाट काटेर निकालिएको थियो। उक्त हीरा इरानी राजमुकुटमा भएका रत्नमध्ये पर्छ।

यो कस्तो खालको हीरा हो ?
लुलो रोज “टूए“ वर्गको हीरा हो। यस वर्गको हीरामा अशुद्धता हुँदैन वा निकै कम हुन्छ। “लुलोमा फेला परेको यो भव्य गुलाबी हीराले विश्वमा एङ्गोलाको महत्त्वपूर्ण स्थान रहेको देखाएको छ,“ एङ्गोलाका खनिज स्रोतसम्बन्धी मन्त्री डियमन्तिनो अजभेदोले भने। यो उक्त खानीमा फेला परेको पाँचौँ ठूलो हीरा हो।

यो खानी अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनी र एङ्गोला सरकारले संयुक्त रूपमा सञ्चालन गरेका छन्। यस प्रकारका हीरा यसअघि दशौँ लाख डलरमा विक्री भएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर