काठमाडौं – साताको छैठौं दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ८ सयले बढेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि शुक्रबार ३५ रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार पनि सुन ८ सय र चाँदी ३० रुपैयाँले बढेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 319