Aamsanchar

दाङबाट २ लाख ४१ हजार किलो टिमुर निकासी

Author Image
शनिवार, साउन १४, २०७९

दाङ – दाङबाट पछिल्लो एक वर्षमा झन्डै साढे चार लाख किलो जडीबुटी निकासी भएको छ ।

राष्ट्रिय वन र निजी वन क्षेत्रबाट ४ लाख ३८ हजार ९ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय घोराही दाङले जनाएको छ। दाङबाट सबैभन्दा धेरै टिमुर निकासी भएको छ ।

राष्ट्रिय वनबाट २९ हजार ५ सय ५० किलो र निजी वनबाट २ लाख १२ हजार १ सय ९२ किलो गरी २ लाख ४१ हजार ७ सय ४२ किलो टिमुर निकासी भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभएको छ ।

राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार ५ सय ५० किलो, रिठागेडी १६ हजार, मालागेडी १४ हजार ५ सय किलो, तेजपात ७ हजार किलो, अमला ३ हजार, बर्रो १ हजार ५ सय किलो, लहरे गुर्जो २ हजार ५ सय किलो, ब्राहमी १ हजार किलो र चुत्रो २ हजार किलो निकासी भएको छ । यी जटीबुटीको निकासीबाट ६ लाख ५३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको डिभिजन वन कार्याल घोराहीले जानकारी दिएको छ ।

त्यसैगरी निजी वन क्षेत्रबाट टिमुर २ लाख १२ हजार १ सय ९२ किलो, मालागेडी ५५ हजार २ सय, रिठा ३२ हजार १० किलो, काउलो बोक्रा २९ हजार किलो, दालचिनी बोक्रा २७ हजार ४ सय किलो, तेजपात १८ हजार १ सय किलो, फलखोटो २ हजार किलो, पाषणवेद १ हजार ६ सय किलो, तिगेडी, कालीकाठ र चुत्रो १/१ हजार किलो, अमलवेद ६ सय ५० किलो र चिराईतो २ सय ५० किलो निकासी भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

पछिल्ला केही वर्षदेखि दाङबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताउनुभयो । जडीबुटी खेतीको प्रवर्द्धन तथा उपभोक्ताको आयआर्जनमा वृद्धि गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)