Aamsanchar

ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ

Author Image
शनिवार, साउन १४, २०७९

ओखलढुंगा – ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकाे छ ।

बेंसी क्षेत्रका केही ठाउँमा मकै पाक्न ढिला भएकाले रोपाइँ अझै जारी रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आलेमगरले जानकारी दिनुभएकाे हाे । ओखलढुंगामा यस वर्ष शतप्रतिशत धान रोपाइँ हुने भएको छ ।

कार्यालयको तथ्यांक अनुसार जिल्लामा साउन २२ गतेसम्म धान रोपाइँ हुने गरेको छ । अघिल्ला वर्षहरुमा पानीको अभावका कारण शतप्रतिशत धान रोपाइँ हुने गरेको थिएन । जिल्लामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रमा वर्षे धान खेती हुने गरेको छ ।

यसवर्ष समयमै पानी परेर धान रोप्न पाएपछि यहाँका किसान खुशी भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर