Aamsanchar

बन्दाले राम्रो मूल्य पाएपछि तेह्रथुम र धनकुटाका कृषक खुशी

Author Image
शनिवार, साउन १४, २०७९

तेह्रथुम – तेह्रथुम र धनकुटामा बन्दाले राम्रो मूल्य पाएपछि कृषक खुशी भएका छन् ।

गत वर्ष ५ रुपैयाँमा बिक्री भएको बन्दा अहिले २५ रुपैयाँसम्म बिक्री हुन थालेको हाे । श्रम र लगानी गरेको बन्दा खेतीले राम्रो मूय पाएसँगै कृषक हर्षित भएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै फस्टाएको तरकारी खेती कृषकको मुख्य आम्दानीको स्रोत बन्न थालेको छ ।

अन्नबाली मास्दै तरकारी बाली रोजेका कृषकले तरकारी बिक्रीबाट मात्रै वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्न थालेका छन् । महालक्ष्मी नगरपालिकाकी रेनुका कटुवालले गत वर्ष लागनी मात्रै उठेको भएपनि यसवर्ष भने बन्दा बिक्री गरेर मात्रै ६ लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

व्यापारीले कृषकले उत्पादन गरेको बारीमै पुगेर निर्यात गर्दै आएका छन् । पूर्वीतराई, भारतको सिक्किम र दार्जिलिङ लगायतका स्थानमा यहाँ उत्पादन भएको तरकारी निर्यात हुँदै आएको छ । कृषकले १ देखि ५० रोपनीको क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर