Aamsanchar

अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा

Author Image
सोमवार, साउन १६, २०७९

आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार हाल देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको भइरेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ।

यस्तै आज राति पनि देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको महाशाखाले जनाएको छ।

भोलि मंगलबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेकाको स्थानमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम भएकाले सतर्क रहन महाशाखाले जनाएको छ।

यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर