Aamsanchar

 एउटै रुखमा झुण्डिएको तीन किशोरीको मृत्यु घटना :  झापा प्रहरी अनुसन्धानको निष्कर्ष नजिक 

Author Image
सोमवार, साउन १६, २०७९

झापा । साउन ८ गते कचनकवल गाउँपालिका ५ मा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीले आत्महत्या गरेको निष्कर्षतर्फ प्रहरी पुगेको छ ।
पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अन्य अनुसन्धानबाट पनि उनीहरुले आत्माहत्या नै गरेको देखिएको झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले बताए।

‘अहिलेसम्मको सबै अनुसन्धानबाट आत्महत्या नै हो भन्ने संकेत मिलेपछि हामी आत्माहत्याको कारण पत्ता लगाउने प्रयासमा छौं’, डीएसपी पाठकले भने, ‘मृतकको साथमा भेटिएका मोबाइल फरेन्सिक ल्याबमा पठाएका छौं त्यसबाट प्रमाणित होला ।’

मोबाइलको रिपोर्ट र पोष्टमार्टमको विस्तृत रिपोर्ट आउन बाँकी छ । प्रहरीले ती किशोरीको सम्पर्कमा देखिएका व्यक्तिलाई पनि बोलाएर सोधपुछ गरिरहेको छ । तर ती बाट पनि आत्माहत्या होइन भन्ने प्रमाण मिलेको छैन ।

‘आत्महत्या हो भन्नेमा त दुईमत छैन । तर कारण केही खुल्छ कि भन्नेमा अनुसन्धान गरिरहेका छौं । अहिलेसम्मको हाम्रो कुनै पनि तथ्यले हत्या संकेत नै गर्दैन । तर किन गरे यसरी तीन जनाले आत्महत्या भन्नेचाहिँ रहस्यमय भो’, पाठकले भने ।

फरक फरक परिवारका तीन किशोरी ७ गते शनिबार घुमफिर गर्न भन्दै निस्किएका थिए। चिया बगानमा काम गर्ने उनीहरु चियाबगानकै रुखमा भोलिपल्ट मृत फेला परेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 547

प्रतिक्रिया (०)

सम्बन्धित खबर