Aamsanchar

झापा प्रहरीद्वारा लाखौं रुपैयाँको अवैध सुपारी बरामत

Author Image
सोमवार, साउन १६, २०७९

झापा- झापा प्रहरीले आज विहान र दिउँसो दुई पटक गरेर लाखौं रुपैयाँको अवैध सुपारी बरामत गरेको छ ।  सोमवार विहान साढे ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ दुर्गा मन्दिरस्थित नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ८७ हजार ५ सयको सुपारी बरामत गरेको हो । यस्तै, साढे ११बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोही वडाबाट ९६ हजारको अवैध सुपारी बरामत गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । बरामत गरिएको सुपारी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर