Aamsanchar

बिर्तामोडमा करोडपतिहरूको छुट्टै समाज 

Author Image
बिहिवार, साउन १९, २०७९

हरिहर कोलोनी ।

बिर्तामोड । झापाको बिर्तामोडको नाम नसुन्ने सायदै नेपालीहरू छैनन् होला । राजनीति, सामाजिक, व्यवसायिक हिसाबले बिर्तामोड सँधै नै चर्चामा आइरहने सहर हो ।
नामका हिसाबले बिर्तामोड चर्चित भएपनि पूर्वाधार व्यवस्थापनको हिसाबले बिर्तामोड एक असफल सहर हो भन्दा फरक पर्दैन । यहाँका अव्यवस्थित बसोबास, साँघुरा बाटोहरू, फोहोर र पर्याप्त ढल निकास नहुनु यस सहरको मुख्य समस्या हो ।

घिरौलाको जालो झै तान्द्राङ तुन्द्रुङ्ङ अवस्थामा रहेको बिजुली, टेलिफोन, इन्टरनेटको तार अर्को समस्या रहेको छ । अव्यवस्थित फुटपाथ, धुलाम्मे र हिलाम्मे सडक र सडक पेटीले कुनै अति अविकसित सहर झै देखिएको छ बिर्तामोड । यती हुदाँ हुँदै पनि बिर्तामोडमा हरेक वर्ष टोल र बस्तीहरू विस्तार हुँदै गएका छन् । ठूला ठूला अस्पताल, मलहरू, शैक्षिक केन्द्र, वित्तिय क्षेत्रको राम्रो प्रगति देखिएको छ ।  यस कारणले पनि बिर्तामोडमा बसोबास गर्नु पर्ने बाध्यता रहेको ले सहर बढने क्रमले निरन्तरता पाएको हो । सानो देखि ठुलो सम्म को रोजगारीको अवसर रहेको सहर अब भने तिन किलो मिटर दूरीबाट आधुनिक सहर बन्ने तर्फ उन्मुख हुन थालेको छ ।

सुगम कोलोनी ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ६ पनि बिर्तामोड सहर मै मिसिएको छ । महानन्द चोक बसपार्क अर्जुनधारामा पर्छ । बोलिचालीको शब्दमा ति स्थानलाई बिर्तामोडको क्षेत्र नै भनेर चिनिने गरेको छ ।

 योजना बिना बनेको सहर भएकाले सुविधा र शान्त वातावरण  चाहिनेहरुका लागि बिर्तामोड सहरको मध्य क्षेत्रमा बसोबास गर्न निक्कै सकस पूर्ण बनेको छ । पार्किङ स्थल र हरियाली विहीन बिर्तामोड सहरलाई कर्मथलो बनाएका करोडपति हरु को भने बिर्तामोडमा छुट्टै टोल र समाजको निर्माण भइरहेको छ ।

बिर्तामोड –६ हरिहर मार्ग स्थित विगत दुई वर्ष देखि हरिहर कोलोनी निर्माण भइरहेको छ । ५ बिघा ५ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको कोलोनीमा ६२ वटा घर र एउटा सामुदायिक भवन तयार हुदै छ । स्विमिङ पुल, व्यायामशाला, उड्यन सहितको कोलोनीमा २८ वटा घरहरू निर्माण कम्पनी शिवम् हाउजिङले बिक्री गरिसकेको हाउजिङका अध्यक्ष मनोज प्रसाईँले जानकारी दिएका छन् ।

उक्त कोलोनीमा १ करोड ५० लाख देखि माथिका ६२ वटा घरहरू रहने छन् ।

त्यस्तै यही कम्पनीको बिर्तामोड –४ हर्कलाल मार्ग स्थित सुगम कोलोनी रहेको छ । उक्त कोलोनीमा २७ वटा घरहरू निर्माणको अन्तिम चरणमा पुगेको छ । एउटा सामुदायिक भवन पनि रहेको कोलोनीमा २३ वटा घरहरू बुकिङ भइसकेको कम्पनीका प्रतिनिधि दिपेन्द्र पौडेलले जानकारी दिए । सुगम कोलोनीमा २ करोड भन्दा माथि रकमका घरहरू रहेको छ ।

कोलोनीहरू मा घर जग्गा खरिद गर्न भने एकमुष्ठ करोड माथि रकम खर्च गर्नु पर्दैन, कम्पनीहरूले किस्ता बन्दीमा सुविधामा पनि घर जग्गा उपलब्ध गराउँदै आएका छन् । 

कोलोनीहरूमा घर जग्गा खरिद गर्न भने एकमुष्ठ करोड माथि रकम खर्च गर्नु पर्दैन, कम्पनीहरूले किस्ता बन्दीमा सुविधामा पनि घर जग्गा उपलब्ध गराउँदै आएका छन् ।  सरल भाषामा करोडपति भनिए पनि लखपति हरुले घर जग्गा किन्न सक्ने भएकाले कोलोनीमा घर जग्गा किन्ने हरूको आकर्षण बढ्दै गएको छ । अझ शहरहरूमा बनाइएका अपार्टमेन्टमा झन सुलभ मूल्यमा फ्याट्हरु पाइने गरेको छ । 

सानो संसार हाउजिङ ।

त्यस्तै बिर्तामोड संगै जोडिएको अर्जुनधारा– को सानो संसार हाउजिङमा बसोबास नै सुरु भएको छ ।

बिर्तामोड बाक्लो घरहरूको सहर भएपनि सुविधा सम्पन्न घरको खोजीमा धेरै करोडपतिहरू रहेको पाइएको छ । अपार अपार्टमेन्ट पनि सुरु हुने भएको छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
54
+1
79
+1
13
+1
13
+1
18
+1
25
+1
20
Views: 621

प्रतिक्रिया (०)

सम्बन्धित खबर