Aamsanchar

झापामा नवजात शिशुको शव फेला, जन्मनेबित्तिकै खोलामा फालेको हुनसक्ने

Author Image
शुक्रवार, साउन २०, २०७९

झापा – मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ।  इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको जानकारी दिए।

उनका अनुसार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो। शिशु जन्मनेबित्तिकै खोलामा फालेको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
3
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर