
काठमाडौं – भारतको पटनास्थित गंगा नदीमा डुङ्गा पल्टिँदा दुईजनाको मृत्यु भएको छ। डुङ्गामा सवार सातजनालाई उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पटना जिल्ला प्रशासनले अहिलेसम्म दुईजनाको शव निकालिएको र सातजनाको उद्धार गरिएको जनाएको छ। अन्य पाँचजना बेपत्ता रहेको जनाइएको छ। उद्धार प्रयास जारी छ।
प्रशासनले बिहीबार बिहान करिब ५:४५ बजे उमानाथ घाट नजिकै बिन्द टोलीका १४ जना डुङ्गा चढेर समस्तीपुर जिल्लाको मोहिउद्दीननगरको सुल्तानपुर डायरा गएका थिए। प्रायः त्यहाँ लौका टिप्न र अन्य खेतीपातीको कामका लागि मानिसहरू जानेगर्छन्।

फर्कने क्रममा डायरा नजिकै तीव्र हावाका कारण डुङ्गा पल्टिएको बताइएको छ।
Views: 16


