
काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पार्टी एकताको प्रस्ताव गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “केपी ओली र प्रचण्ड मिल्नसक्ने, प्रचण्ड र शेरबहादुर देउवा मिल्न सक्ने, बालेन र रवि मिल्न सक्ने तर हर्क साम्पाङ र कुलमान मिल्न नसक्ने रु मिल्नुपर्छ भनेर मैले हिजो निम्तो पठाएको छु ।”
केही दिनअघि प्रलोपा त्यागेका सुदन किँराती श्रम संस्कृति पार्टीमा समाहित भएका छन् ।
Views: 17


