Aamsanchar

‘प्रकाश’मा फेरिएका प्रदिप खड्का

Author Image
आइतवार, साउन २२, २०७९

झापा ।  ( भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को प्रचारमा नायक प्रदीप खड्का दौडिरहेका छन् । आईतबार झापाको बिर्तामोड आइपुगेका प्रदीपले संचारकर्मीहरुसँग कुरा गर्दै यो फिल्मलाई व्यवसायिक फिल्म होइन भन्न नमिल्ने बताएका छन् ।

प्रदीपले जुम्लामा खिचिएको भन्दैमा फिल्मले व्यवसायिक पाटोहरुलाई समातेको हुँदैन भनेर वुझ्न नमिल्ने पनि बताए । प्रायः प्रेम केन्द्रित फिल्ममा अभिनय गरेर चर्चामा आएका अभिनेता प्रदिप खड्का ‘प्रकाश’ फिल्ममा फरक भूमिकामा देखिएका छन् । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल  चर्चित  अभिनेता प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदैछन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उनी फिल्ममा शिक्षक बन्ने सपना बोकेको गाउँले चरित्रमा देखिँदैछन् ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीपका अलवा दीया मास्के, रेनु योगी लगायतका कलाकारको अभिनय छ । फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 481

प्रतिक्रिया (०)

सम्बन्धित खबर