काठमाडौं – साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सयले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने बुधबार १० रुपैयाँले घटेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 529