Aamsanchar

आज यस्तो रहने छ मौसम

Author Image
बिहिवार, साउन २६, २०७९

काठमाण्डौ । मनसुन पूर्ण रुपमा सक्रिय नभए पनि जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।

एकदुई दिन लगातार झरी पर्ने सम्भावना नभए पनि पहाडी क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । परिहाले पनि हल्कामात्रै पर्ने छ । पहाडी जिल्लामा भने मेघगर्जनसहित वर्षाको अनुमान छ ।

आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । पानी पर्ने ठाउँमा बाढी पहिरोको जोखिम रहने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ । गएराति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर