Aamsanchar

फोनिजको २३ औं स्थापना दिवसमा झापामा तिन जना पत्रकार पुरस्कृत

Author Image
शुक्रवार, साउन २७, २०७९

बिर्तामोड। डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट झापाली पत्रकार भीमा सिवाकोटी पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज झापाले आज सिवाकोटीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
बिर्तामोडमा आयोजित समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवानले सिवाकोटीलाई दोसल्ला ओढाएर नगद र ताम्रपत्रसहित पुरस्कृत गरेका हुन् ।
पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाका अनुसार पूर्व अध्यक्ष गणेशमान मुखियाको संयोजकत्वमा गठित समितिले सिवाकोटीलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
कार्यक्रममा स्वर्गीय पत्रकार विरहीको विषयमा फोनिजका पूर्व अध्यक्ष रमेश समदर्शी राईले प्रकाश पारेका छन् ।

फोनिजले उदयमान पत्रकारिता पुरस्कारबाट एपिवान टेलिभिजनका झापा सम्वाददाता बिष्णु श्रेष्ठ र रेडियो झापाकी कार्यक्रम प्रस्तोता गंगामाया बेघा लिम्बूलाई जनही पाँच हजारका दरले पुरस्कृत गरेको छ ।

सम्मानित हुनेहरुमा क्रमस् गंगामाया बेघा लिम्बू, भिमा सिवाकोटी र विष्णु श्रेष्ठ ।

२०६६ सालमा स्थापना भएको डिकमान विरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दीपिन राई, मदन ढकाल, रमेश समदर्शी, भीम नेम्बाङ, माधव विद्रोही, इन्द्रसिंह राजबंशी र कमन देवान पुरस्कृत भइसकेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर