

काठमाडौं –नेपाली बजारमा सुनको मूल्य सोमबार घटेर कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज तोलामा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

आइतबार तोलामा ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य पनि ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

आइतबार तोलामा १ हजार २५० मा कारोबार भएको चाँदी आज १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 599


