Aamsanchar

झापामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

Author Image
आइतवार, भदौ ५, २०७९

झापा – झापामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दमक नगरपालिका ४ चियाबगानमा हिजो बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर