

काठमाण्डाै – सुनको भाउ आज बिहीवार तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो बुधवार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९५ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज १० रुपैयाँले बढेर चाँदी तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
Views: 296


