Aamsanchar

अकबरे खुर्सानी खेतीप्रति तेह्रथुमका किसान आकर्षित

Author Image
शुक्रवार, भदौ १७, २०७९

तेह्रथुम – पछिल्लो समय तेह्रथुमका किसानले मुख्य नगदेबालीको रुपमा अकबरे खुर्सानी खेतीलाई लिन थालेका छन ।

अकबरे खेतीतर्फ किसानको बढ्दो आकर्षणसँगै तेह्रथुममा २९ हेक्टर क्षेत्रफलमा याे खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा तेह्रथुम जिल्ला ४ सय ५७ दशमलव ८७ मेट्रिक टन अकबरे खुर्सानी खेती उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

केन्द्रको तथ्याङ अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २८ हेक्टर क्षेत्रफलमा ३ सय ८० मेट्रिक टन अकबरे खुर्सानीकाे उत्पादन भएको सूचना अधिकारी सुरज खनालले बताउनुभयो । परम्परागत खेतीबाट श्रम र मेहनत नै उठ्न छाडेपछि किसानहरु नगदबालीतर्फ आकर्षित बन्दै आएका छन् ।

जिल्लाको विशेष गरी छथर गाउँपालिका अकबरे खुर्सानी खेतीको ब्लक क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत छथर गाउँपालिकामा अकबरे ब्लक क्षेत्रको रुपमा विकास गरी खेतीलाई विस्तार गरिएको छ ।

यहाँका किसानले १ रोपनीदेखि ५ रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन । अकबरे खुर्सानी खेती गाउँको मुख्य बजार केन्द्रहरुमा बिक्री हुने गरेको छ । साथै ब्यापारीले पूर्वीतराईका विभिन्न जिल्लाहरुमा निर्यात गर्दै आएका छन् ।

पहिलो सिजनमा ४ सय रुपैयाँसम्म मुल्य पाएको अकबरे खुर्सानी अहिले भने बजारमा प्रतिकिलोमा १ सय ५० रुपैयाँमा मात्रै बिक्री वितरण हुँदै आएको किसानहरुले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर