Aamsanchar

धनकुटामा एभोकाडो खेती तर्फ किसानको आकर्षण बढ्दै

Author Image
शुक्रवार, भदौ १७, २०७९

धनकुटा – धनकुटामा पछिल्ला बर्षहरुमा एभोकाडो खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ । तीन बर्ष अघि एभोकाडोको राजधानी घोषित धनकुटामा धनकुटा नगरपालिका सहित जिल्लाका अन्य स्थानका किसान समेत एभोकाडोको खेती तर्फ आकर्षित भएका हुन् ।

धनकुटा नगरपालिकामा मात्र गएको ४ बर्षमा खेतीको क्षेत्रफल २ सय प्रतिशतले बृद्धि भएको छ भने फल दिने बोटको संख्या १ सय २३ प्रतिशतले बृद्धि भएको धनकुटा नगरपालिकाको एभोकाडो परियोजनाले जनाएको छ ।

तर पछिल्लो समय एभोकाडोमा पात ओइलाएर झर्ने, बोट सुक्ने, फलमा गिर्खा देखिने र झर्ने समस्या देखिन थालेकोले किसानको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर