Aamsanchar

झापाबाट ४० बोरा अवैध चिनी बरामद

Author Image
आइतवार, भदौ १९, २०७९

झापा –अबैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको ४० बोरा चिनी प्रहरीले राजगढबाट बरामद गरेको छ ।

आइतवार दिउँसो २.४० बजे बाह्रदशी वडा नं. ३ राजगढ बजारमा रहेको पशुहाटको खाली सार्वजनिक स्थानमा अबैध रुपमा चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई राखेको जम्मा४० बोरा(२० क्विन्टल) चिनी प्रहरीले बरामद गरेको हो ।

अन्दाजी १ लाख ३० हजार मूल्य बराबरको भारतीय चिनी इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर