Aamsanchar

सुन चाँदीको भाउ बढ्याे

Author Image
सोमवार, भदौ २०, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ सामान्य बढेको छ ।आज सुनकाे भाउ तोलामा एक सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी आज तोलामा १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर