Aamsanchar

के खाने डेंगीका बिरामीले अनि के नखाने ?

Author Image
मङ्गलवार, भदौ २१, २०७९

काठमाडौं – पछिल्लो समय नेपालमा डेंगी संक्रमण प्रकोपको रुपमा फैलिइरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो वर्ष ४ सेप्टेम्बरसम्म देशभर गरी पाँच हजार २९ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेका अनुसार अस्पतालमा उपचाररतमध्ये अधिकांशमा अत्यधिक ज्वरो आउने, पखाला, बान्ता, पेट फुल्ने, जीउ दुख्नेजस्ता लक्षण देखिएका छन् । संक्रमणपछि सिकिस्त देखिएमा प्लेटलेट्स, हेमोग्लोबिन, ह्वाइट ब्लड सेल्स घटेर जानेलगायत कलेजोमा असर पनि देखिनसक्ने भएकाले बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिएको छ  ।

तर, संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने र सामान्य असर देखिने  हुनसक्ने डा. चालिसे बताउँछन् । ज्वरो नभएको अवस्थामा सामान्य खानेकुरा खान मिल्ने भए पनि झोलिलो र पोषणयुक्त खानेकुरामा जोड दिन डा. चालिसे सुझाव दिन्छन् ।

पखाला र वान्ता भएका संक्रमितमा डिहाइड्रेसन (शरीरमा पानीको मात्रा कम भएर समस्या देखिनु) हुने भएकाले जीवनजल पानी पिइरहन चिकित्सकहरु सुझाव दिन्छन् । डेंगु संक्रमितका लागि नेसनल न्युट्रेसन काउन्सिल अफ चाइनाले तयार पारेको मार्गदर्शनअनुसार खान हुने र नहुने खानेकुराको सूची निम्न रहेको छ :

खानुपर्ने 

पानी र झोलजन्य पदार्थ ।
क्यालोरीयुक्त खानेकुरा : भात, आलु, दूध आदी ।
आइरनयुक्त खानेकुरा कलेजो भएको मासु, हरियो सागपात र मिनरल भएका खानेकुराहरु ।
भिटामिन सी पाइने खानेकुरा भुइँकटहर, मेवा, कागती आदी ।
भिटामिन के पाइने खानेकुराहरु केरा, प्याज, बन्दा, काँक्रो आदी ।

खान नहुने  

चकलेट, चकलेटजन्य ड्रिंक्स्, बट्टामा राखिएका जुस ।
धेरै चिल्लो भएका र पचाउन गाह्रो हुने खानेकुराहरु ।
मसालेदार खानेकुराहरु ।
चिया, कफी तथा कफीजन्य पदार्थहरु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 480

प्रतिक्रिया (०)