Aamsanchar

झापामा पाँचवटा निर्वाचन क्षेत्रमा यि पालिका र वडाहरू समावेश छन् 

Author Image
बुधवार, भदौ २२, २०७९

जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको हो । झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० लाई समेटेर क्षेत्र नम्बर १ बनाइएको छ ।

त्यस्तै, बुद्धशान्ति गाउँपालिकाको वडा नं १, २, ३, अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिकाको ८ र ९ नं वडालाई मिलाएर क्षेत्र नम्बर २, भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नं १० लाई समेटेर क्षेत्र नं ३ बनाइएको छ ।

कनकाई नगरपालिकाको वडा नं १ देखि ७ सम्म, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका वडा नं १, २ र गौरादह नगरपालिकाको ९ नम्बर वडालाई समेटेर क्षेत्र नम्बर ४ र दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह वडा नं १ देखि ८ सम्म र गौरीगञ्जको वडा नं ३, ४, ५, ६ मिलाएर क्षेत्र नम्बर ५ बनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1414

प्रतिक्रिया (०)

सम्बन्धित खबर