Aamsanchar

आज यी ठाँउमा बर्षा

Author Image
शनिवार, असोज १, २०७९

काठमाडौं  : शनिबार बिहान गण्डकी बाहेक ६ वटै प्रदेशमा वर्षा भएको छ। हाल प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार दिउँसो लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। लुम्बिनी ,सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही तथा र बाँकी प्रदेशका एक–दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती पनि मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा र प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले बाँकेस्थित राप्ती कुसुम जलमापन केन्द्रले जलसतहले सतर्कता तह पार गरेको जनाएको छ। जलसतह  थप बढ्ने अवस्थामा रहेकाले राप्ती नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेकाहरूलाई शनिबार दिउँसो १ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर