Aamsanchar

बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु

Author Image
शनिवार, असोज १, २०७९

बिर्तामोड – बिर्तामोड नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबार देखि शिविर सुरु गरिएको हो ।

शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गर्नुभयो । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) को प्राविधिक सहयोगमा सुरु गरिएको यो शिविर असोज ६ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुई सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सामुदायिक कुकुरमा लागेको रेबिज रोगका कारण केहि समय अघि नगरका २,८ लगायत विभिन्न वडामा पशु चौपायमा क्षति पुगेको बताउनु भयो । उहाँले कुकुर बन्ध्याकरणका लागि प्राविधिक टिम बाहिरबाट नै मगाउनु पर्ने भएकाले धेरै सहज नभएपनि हरेक वर्ष यो शिविर सञ्चालन गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै हार्ट नेपालका निर्देशक खगेश्वर शर्मा भट्टराईले सामुदायिक कुकुरको न्युनिकरण र रेविज उन्मुलनका लागि विश्वमा बन्ध्याकरण बाहेक अरु कुनै विधि नरहेको बताउनु भयो । उहाँले बिर्तामोडमा वर्षमा २ पटकसम्म वन्ध्याकरण शिविरको आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

नगरभित्र रहेका सामुदायिक कुकुरहरुको सर्वे गरेर तथ्याङ्क संकलन गर्ने योजना बनाईरहेको पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ । शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरिया, शाखा अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर