Aamsanchar

झापामा अब भारतबाट आयातित माछा बिक्री गर्न नपाइने

Author Image
शनिवार, असोज १, २०७९

बिर्तामोड ।  झापामा भारतबाट आयात हुने अस्वस्थकर मरेका माछाको बिक्री वितरणमा रोक लगाइने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा बसेको सरोकारवालाहरूको भेलाले उक्त निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माई पुर्वका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले अनुगमनका क्रममा बिर्तामोड लगायतका बजारमा अस्वस्थकर मरेका माछा बिक्री वितरण भइरहेको पाइएकाले आ–आफ्नो पालिकामा रोक लगाउने निणर्य गरेको हो ।
भेलाले आ–आफ्नो पालिकामा माछा, मासु, तरकारी तथा खाद्यान्न वस्तु बिक्री वितरणको नियमित अनुगमन गर्न कृषि वा पशु सेवा शाखाको अगुवाइमा बजार अनुगमन गर्ने संयन्त्र र कार्य प्रणाली बनाई कार्यान्वयन गर्ने, आ–आफ्नो पालीकामा खाद्यान्नको गुणस्तर, स्वच्छता, अखाद्य बस्तुको मिसावट, नक्कली उत्पादन जस्ता विषयमा सघन रुपमा बजारको अनुगमन गर्ने र सर्वसाधारणलाई यस विषयमा सचेत गराउन कार्ययोजना बनाएर लागू गर्ने पनि निर्णय गरेको छ ।

यस्तै पालिकाहरूले कृषि उत्पादनको प्रेष्टीसाइज्ड मापनको लागि पालिकाहरूले आपसी सहकार्यमा विषादी परीक्षणको लागि ल्याव को व्यवस्थापन गरि परिक्षण गर्ने व्यवस्था मिलाउने, कृषिजन्य उत्पादनमा विषादी न्यूनिकरण गर्न सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय समेतको समन्वयात्मक भूमिकालाई अगाडि बढाउने पनि जनाइएको छ । भेलाले गरेका निर्णयहरूलाई सबै स्थानीय तहहरूले कार्यपालिकामा अनुमोदन गरि कार्यान्वयनमा जानेछन् ।

भेलामा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईँ, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रप्रसाद पोख्रेल, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, झापा गाउँपालिका उपाध्यक्ष अञ्जुदेवी थपलिया, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका भरतबहादुर पुरी, कृषि ज्ञान केन्द्रका गणेश शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर