Aamsanchar

झापाकाे दुधे – माइधर खण्डमा दुर्घटना : २ जनाकाे मृत्यु, ३ घाइते

Author Image
मङ्गलवार, असोज ४, २०७९

झापा – झापाको शिवसताक्षी १० मा भएको कार दुर्घटनामा दुई जनाको ज्यान गएको छ  । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा स्थित दुधे – माइधर खण्डमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । बा १४ च ९१०८ नम्बरको कार अयन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

मृतक सुनसरी घर भएका भनिए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन । घाइते तीनै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको छ । दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 104

प्रतिक्रिया (०)