Aamsanchar

चार दिनपछि मृत भेटिए मेची नदीले बगाएका पुरुष

Author Image
बुधवार, असोज ५, २०७९

झापा : मेची नदीले बगाएको पुरुष चार दिनपछि मृत अवस्थामा फेला परेको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ५ स्थित बसपार्क निवासी अन्दाजी ६० वर्षीय लक्ष्मण मण्डल रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार मण्डल भद्रपुर-५ स्थित मेची नदी किनारमा निर्माणाधीन शव दाह गृह पुगेका थिए। पानी परिरहेको बेला छाता लिएर पुगेका उनले छाता शव दाह गृहको भवनमा राखेर नदी किनारमा पानी हेर्न गएका थिए। सोही क्रममा उनी चिप्लिएर नदीमा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएका मण्डलको शव घटनास्थलदेखि १७ किलोमिटर दक्षिण कचनकवल गाउँपालिका -५ स्थित पाठामारीमा मंगलबार साँझ ७ बजे फेला परेको हो। स्थानीयले माछा मार्ने क्रममा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी आफन्तजनलाई जिम्मा लगाइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)