Aamsanchar

मुस्ताङका किसानलाई स्याउ टिप्न भ्याईनभ्याई

Author Image
बिहिवार, असोज ६, २०७९

म्याग्दी – मुस्ताङका स्याउ किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् । मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैंचामा यति बेला स्याउ टिप्न भ्याई नभ्याई छ भने व्यापारीहरुको पनि चहलपहल बढेको छ । बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यसवर्ष स्याउ टिप्ने समय तोकिएको थियो ।

भदौ २५ गतेदेखि कृषकहरुलाई स्याउ टिप्न दिने निर्णय भएसँगै बगैंचाहरुमा स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन बढ्ने अनुमान गरिएको छ । विगतमा नपाकेको स्याउ बजार जाँदा उपभोक्ताले मुस्ताङको स्याउको गुणस्तर चाख्न नपाएपछि यस वर्षदेखि बोटमै पाकेपछि मात्रै स्याउ टिप्न दिने निर्णय गरिएको थियो ।

मौसम अनुकूल भएकाले यो वर्ष मुस्ताङमा स्याउको उत्पादन १५ प्रतिशतले वृद्धि हुने कृषि कार्यालयले गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर