Aamsanchar

बृद्धलाई हातहतियार देखाएर नगद र सुन लुटपाट गर्ने तीन जना पक्राउ

Author Image
आइतवार, असोज ९, २०७९

प्रतिकात्मक तस्बिर

ईलाम – माई नगरपालिका वडा नम्बर-४ कामीटारकी एक बृद्धलाई हातहतियार देखाएर नगद र सुन लुटपाट गर्ने तीन जनालाई प्रहरीले घटना भएको ३ घण्टापछी आईतबार विहान नियन्त्रणमा लिएको छ।

लुटपाटमा संलग्न रहेको आरोपमा लुटपाट गरि भाग्दै गरेका दुई जनालाई सुखानीको जंगलबाट र एक जनालाई झापा ईलाम सिमना बुढीसुखानीबाट पक्राउ गरेको हो।

सुखानी जंगलबाट झापा मेचि नगरपालिका वार्ड नं ३ बस्ने बर्ष २५ को कुमार मगर, सोही स्थान बस्ने बर्ष ३१ को मनोराज राईलाई पक्राउ गरिएको हो भने मुख्य योजनाकार इलाम देउमाई नगरपालिका वडा नम्बर-८ बस्ने ३४ बर्षिय सन्तोष मगरलाई प्रहरी चौकी खुदुनाबारी र सशस्त्र प्रहरी खुदुनाबारीको संयुक्त टोलीले झापा इलाम सिमानाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो।

कामिटारका मान बहादुर पुलामिको घरबाट ८० बर्षिय बृद्धा सरस्वती पुलामी मगरको कानमा लगाई रहेको गहना मारबाडी- २ थान, नाकको बुलाकी – १ थान र नगद ४४ हजार ८१३ रुपैया लुटेराहरुबाट बरामद गरिएको छ।

बृद्ध महिलालाई हात बाँधि,मुखमा पट्टी बाँधेर बोलिस कराईस भने खसी काटेझै काटिदिन्छौ भन्दै खुकुरी देखाई बिहान ४ बजे लुटपिट गरिएको बताईएको छ । पीडित बृद्धको घरमा ७१ बर्षिय श्रीमान मान बहादुर र ७९ बर्षिय पिडित बृद्धा वस्दै आएका थिए।

लुटपाट गरि फरार रहेका लुटेराहरुलाई स्थानीयवासी र प्रहरीले जंगम तिर भागेको आशंकामा खोजतलास गर्दा झापा इलाम सिमनामा भेटी नियन्त्रणमा लिएका थिए। अधिक बर्षा र खोलामा आएको बाढीमा समेत प्रहरी चौकी लोदियाका प्रमुख पदमसुन्दर लिम्बुको कमान्डमा रहेको टोलीले सफलता प्राप्त गरेकोमा स्थानीयबासीले लिम्बुको प्रसंसा गरेका छन्। लुटेरा खोजी गर्ने क्रममा लिम्बु आफै सुखानी खोलामा मोटरसाइकल सहित केही तल सम्म बगेको स्थानीयले बताए।

लुटपाटमा संलग्न रही भाग्दै गरेका दुई जनालाई घटना भएको ३ घन्टा पछी घटना स्थल भन्दा ८ किलोमिटर दक्षिण सुखानीको जंगलमा र अर्का एकलाई सोही आसपास खुदुनाबारीको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

लुटपाटको योजनाकार सन्तोष मगर पिडित बृद्धाको जेठी छोरीका छोरा नाती रहेको पीडित सरस्वती पुलामीले जानकारी दिनुभयो। पक्राउ परेका ३ जनालाई लोदिया प्रहरी चौकी दानाबारीमा राखिएको र जिल्ला प्रहरी कार्यालय इलाम लाने तयारी गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 395

प्रतिक्रिया (०)

सम्बन्धित खबर